उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्नेलाई जोगाउन अनेक चलखेल
उत्पादन र मूल्यको नक्कली लेबल लगाएर औषधि भन्दै खुलेआम ‘न्युट्रास्युट्रिकल्स’ बिक्री गर्ने–गराउने मोरङका एक व्यापारीलाई उन्मुक्ति दिन आवश्यक चलखेल भएको पाइएको छ । म्याद गुज्रिएका खाद्यपुरक सामग्री अवैध रुपमा आयात गरेर नक्कली उत्पादन र मूल्यको लेबल लगाएर बजारमा बिक्री गर्दै आएका व्यापारी विनोद झालाई राजश्व अनुसन्धान कार्यालय, ईटहरीले उन्मुक्ति दिने प्रयास गरेको गाईंगुईं छ ।
गत पुस २८ गते विराटनग...














