अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगितामा आदर्शकी मुस्कान प्रथम
विराटनगर÷ विराटनगरस्थित पुष्पलाल स्मारक समितिले आयोजना गरेको अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगितामा आदर्श माविकी मुस्कान पन्त प्रथम भएकी छन् ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७ औं स्मृति दिवसका अवसरमा आयोजित प्रतियोगितामा पन्त प्रथम भएकी हुन् । ‘नेपालको वाम–प्रजातान्त्रिक आन्दोलनमा पुष्पलालको योगदान’ शीर्षकमा आयोजित प्रतियोगितामा पोखरिया माविकी सिम्रन सफल मैनाली द...














