दार्चुलामा भारतीयले नेपाली बालक मारेको प्रकरणमा १६ लाख दिएर सल्टियो
धनगढी । दार्चुलामा सडक निर्माणका क्रममा खसेको ढुङ्गा लागेर एक बालकको मृत्यु भएको घटनामा भारतीय पक्षले क्षतिपूर्ति वापतको रकम दिएको छ। व्यास गाउँपालिका–२ का १२ वर्षीय पवन महराको मृत्यु भएको घटनामा भारतीय पक्षले क्षतिपूर्ति दिएको हो।
शनिबार धार्चुलास्थित एसडिएम कार्यालयमा नेपाली प्रशासन र दार्चुलाका जनप्रतिनिधि समेतको टोलिसंगको छलफलपछि तावाघाट–लिपुलेक सडक निर्माण गरिरहेको गर्ग एन्ड गर्ग कम्पनीले ...














