‘ए मेरी मायाँ’ म्युजिक भिडियो : एकोहो प्रेमको कथा, मनको आवाज बनेर प्रस्तुत
निर्देशक ईश्वर दुलालको निर्देशनमा तयार गरिएको ‘ए मेरी मायाँ’ म्युजिक भिडियो सार्वजनिक भएको छ । यस भिडियोले एकोहो प्रेममा परेको युवकको मनको गहिरो भावनालाई मार्मिक रूपमा चित्रण गरेको छ, जहाँ उसले कहिल्यै व्यक्त गर्न नसकेका प्रेमका शब्दहरू गीतमार्फत पोखेको देखिन्छ । गीतका शब्द र स्वर प्रभात किरण खरेलका हुन् भने सविन कार्कीले एरेञ्ज, मिक्स र मास्टरिङका साथै संगीतलाई आकर्षक बनाएका छन् । भिडियोको छायांक...













