सुन्दरहरैंचाको ऐतिहासिक ‘विराट सिने’ अब बन्नेछ अत्याधुनिक मल्टिप्लेक्स
मोरङको सुन्दरहरैंचास्थित विराटचोकमा रहेको पुरानो र चर्चित फिल्म हल ‘विराट सिने’ अब नयाँ पहिचानसहित आधुनिक रूप लिन लागेको छ। दशकौंअघि स्थापना भएको यो हलले स्थानीय क्षेत्रमा नेपाली, हिन्दी र अन्य भाषाका चलचित्रहरू प्रदर्शन गर्दै धेरैको मनोरञ्जनको केन्द्र बनेको थियो। पुरानै शैलीमा सञ्चालन हुँदै आएको यो सिंगल स्क्रिन हल अहिले पूर्ण पुनर्निर्माणको चरणमा छ, जसपछि यसलाई मल्टिप्लेक्स स्वरूपमा रूपान्तरण गर...














