रावाबेँसी गाउँपालिकाले ल्यायो रु ३८ करोड ५६ लाख ५६ हजारको वार्षिक बजेट
खोटाङ, १२ असार । रावाबँेसी गाउँपालिकाले भौतिक पूर्वाधार र कृषिलाई प्राथमिकता दिएर आगामी आर्थिक वर्ष २०८२÷०८३ को बजेट ल्याएको छ । गाउँपालिका उपप्रमुख कौशिला गुरुङले १७ औँ गाउँसभामा भौतिक पूर्वाधार विकास र कृषिलाई प्राथमिकतामा राखेर रु ३८ करोड ५६ लाख ५६ हजार ८४३ को अनुमानित बजेट प्रस्तुत गर्नुभएको हो ।
सङ्घीय सरकारसँगको साझेदारी समुपुरक अनुदानबाट बिजुले–लेकखर्क–दुवेकोल–ऐसेलुखर्क सडकको लागि रु एक ...