नेपालमा लिभिङ्ग टुगेदरः बरदान हो कि अभिशाप ? लिभिङ्ग टुगेदरका गुण र अवगुण दुबै छन्
प्रसिद्ध दार्शनिक नित्सेले भनेका छन्- ‘मान्छेको संगत गर्नुभन्दा जनावरको संगत गर्नु उत्तम हो । तर, यसो भनेर म मान्छेको संगत छाडेर जंगल पस्न पनि सक्दिनँ ।’
ठीक यस्तै त होइन, तर अलि सानो, अलि फरक आयाम भन्नुपर्ला- एउटा मान्छेको संगत चाहिएको छ, तर धेरै मान्छेको संगत चाहिएको छैन भन्ने आशयको प्रतिनिधित्व गर्छ शायद ‘लिभिङ्ग टुगेदर’को प्रचलनले ।
लिभिङ्ग टुगेदरलाई व्यक्तिको आवश्यकता भएको तर परिवारको ज...














