सलमानले निर्देशन दिए, सोनाक्षीले घटाइन् तौल
काठमाडौं– बलिउड अभिनेत्री सोनाक्षी सिन्हा ३२ वर्षकी भएकी छिन् । २ जुन १९८७ मा मुम्बईमा जन्मिएकी सोनाक्षीले पहिले त अभिनयमा लाग्छु भन्ने सोचेकै थिइनन् । तर, सन् २०१० मा उनले सलमान खानको फिल्म दबंगबाट बलिउडमा इन्ट्री गरिन् । त्यति बेला उनको तौल ९० किलो थियो । सलमान खानले उनलाई तौल घटाउन निर्देशन दिएका थिए ।
उनले एक अन्तर्वार्तामा सलमान खानलाई धन्यवाद दिँदै भनेकी थिइन्– मैले सलमानकै कारणले आफ्नो त...














