निशान भट्टराईको स्वर रहेको ‘प्रेम दिवस’को गीत सार्वजनिक, प्रियंकासँग साथ माग्दै आयुष्मान (भिडियो)
नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीको फिल्म ‘प्रेम दिवस’ को अर्को गीत सार्वजनिक भएको छ । आउँदो नयाँ वर्षमा प्रदर्शनमा आउने सो चलचित्रको ‘बरु अर्को जुनि’ बोलको गीत सार्वजनिक भएको हो ।
उक्त गीतको भिडियोमा प्रियंका र आयुष्मान नै फिचर्ड छन् । सो भिडियोमा आयुष्मानले प्रियंकासँग जुनिभरिका लागि साथ मागेको देखाइएको छ । गायक निशान भट्टराईको स्वर रहेको छ भने उनलाई गायिका मेलिना राईले गायनम...














