थाइल्याण्डमा छायांकन गरिएको ‘रमिताको पिरती’ को गीत सार्वजनिक
अभिनेत्री आना शर्माले निर्माण गरेको फिल्म ‘रमिताको पिरती’को गीत सार्वजनिक गरिएको छ । थाइल्याण्डका आकर्षक लोकेशनमा छायांकन गरिएको उक्त गीतले रिलिजसँगै दर्शकको ध्यान खिच्न सफल भएको छ ।
गीतको सिनेम्याटिक पक्ष अत्यन्तै उत्कृष्ट देखिन्छ । सुन्दर दृश्य, आधुनिक क्यामेरा प्रयोग र आकर्षक फ्रेमिङले गीतलाई भव्य र प्रभावशाली बनाएको छ भने विदेशी परिवेशमा गरिएको छायांकनले गीतलाई अन्तर्राष्ट्रिय स्तरको झल्को...














