धीरज मगर र माग्ने बुढाको दमदार लुक्ससहित ‘माइतीघर’ अन्तिम चरणमा
नेपाली फिल्मप्रेमीहरूबीच बहुप्रतीक्षित मानिएको चलचित्र ‘माइतीघर’ अहिले छायांकनको अन्तिम चरणमा पुगेको छ। शुभसाइत पूजासँगै सुरू गरिएको छायांकनको क्रममा अहिले फिल्मको सेटबाट प्रमुख कलाकार धीरज मगर र हास्य अभिनेता केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’ का लुक्स सार्वजनिक भएका छन्।
सार्वजनिक तस्बिरमा धीरज मगर मोटरसाइकलमा अगाडि छन्, र उनको अनुहारमा देखिएको क्रोध र आक्रोशले कथाको तनावपूर्ण मोड संकेत गर्छ। उ...














