‘लगनगाँठो’का ५ म्यूजिक भिडियोका लागि २० लाख लगानी
एउटा गीत तयार हुँदा लगानीकर्ताले कती खर्च गर्नुपर्ला ? महंगो बन्दै गएको म्यूजिक भिडियो बजारमा लगानीकर्ताका लागि थोरै रकमले काम सक्ने अवस्था अब छैन । अझ, महंगा कलाकार लियो भने म्यूजिक भिडियोको बजेट ६ लाखदेखि माथिसम्म पुगेका छन् ।
यही विचमा निर्देशक सुव्रतराज आचार्यले ५ दिनमा पाँच वटा म्यूजिक भिडियो निर्देशन गरे । उनले ‘लगनगाँठो’ नामक एल्बममा समावेश ५ वटा गीतको भिडियो तयार पारेका हुन् । जसमध्ये ३...














