बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको ८९ वर्षमा निधन

बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको ८९ वर्षमा निधन
बलिउडका चर्चित तथा वरिष्ठ अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन भएको छ। उनको मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा उपचारका क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। सन १९३५ मा पञ्जाबमा धर्मसिंह देओलका रूपमा जन्मिएका धर्मेन्द्रले १९६० को दशकको सुरुवातमा हिन्दी चलचित्र क्षेत्रमा डेब्यु गरेका थिए। उनले ‘फूल और पत्थर’, ‘शोले’, ‘यादों की बारात’, ‘धरम वीर’ र ‘सीता और गीता’ जस्ता फिल्म...

‘परान’को उत्कृष्ट प्रदर्शन, ९ दिनमै साढे तीन करोड पार

‘परान’को उत्कृष्ट प्रदर्शन, ९ दिनमै साढे तीन करोड पार
अघिल्लो साता प्रदर्शनमा आएको फिल्म ‘परान’ बक्स अफिसमा उत्कृष्ट प्रदर्शन गर्दै सुपरहिटतर्फ अघि बढेको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार, फिल्मले ९ दिनमा ३ करोड ७१ लाख ३६ हजार रुपैयाँ ग्रस आम्दानी गरेको छ त्यस्तै शनिबार मात्रै फिल्मले १ करोड २० लाख रुपैयाँ कमाउँदै आफ्नो व्यापारिक यात्रा मजबुत बनाएको छ । तिहारको अवसरमा प्रदर्शनमा आएका अन्य चार फिल्महरूको पनि बोर्डले का...

‘जारी २’ र ‘मन बिनाको धन’ले ल्याए उत्साह — दशैंपछिको बक्स अफिसमा नयाँ जोश

‘जारी २’ र ‘मन बिनाको धन’ले ल्याए उत्साह — दशैंपछिको बक्स अफिसमा नयाँ जोश
दशैं–तिहारको उत्सवपछि केही सुस्त देखिएको नेपाली बक्स अफिस फेरि चलायमान बनेको छ। ठूला पर्वमा मात्र नेपाली फिल्महरूले झन्डै २९ करोड रुपैयाँको व्यापार गरेपछि अहिले पनि नयाँ फिल्महरूले बजार तताइरहेका छन्। गत साताबाट प्रदर्शनमा आएको ‘परान’ सुपरहिटको दिशातर्फ अघि बढिरहेका बेला, यसै सातादेखि रिलिज भएका दुई फिल्म — ‘जारी २’ र ‘मन बिनाको धन’ — ले पनि दर्शकलाई हलसम्म तान्न सफल भएका छन्। शुक्रबार रिलिज भए...

फिल्म ‘राम नाम सत्य’को छायांकन चितवनबाट सुरु, विराज भट्टसहित स्टारकास्ट व्यस्त

फिल्म ‘राम नाम सत्य’को छायांकन चितवनबाट सुरु, विराज भट्टसहित स्टारकास्ट व्यस्त
कोरियोग्राफरको रूपमा पहिचान बनाएका माइकल चन्दले निर्देशनमा हात हालेका छन् । उनी निर्देशितमा ल्याएका पहिलो फिल्म ‘राम नाम सत्य’ को छायांकन शुक्रबार देखि चितवनमा सुरु गरिएको छ भने भरतपुर–११ स्थित धर्मधाम मन्दिरमा क्यामेरा पूजा गरेर फिल्मको पहिलो दृश्य खिचिएको छ । निर्देशक चन्दका अनुसार फिल्मको करिब ८० प्रतिशत छायांकन चितवनमा हुनेछ भने बाँकी १० दिनको सुटिङ मुस्ताङमा गर्ने तयारी छ भने अहिले फिल्मका...

मंसिर १२ मा रिलिज हुने फिल्म ‘हर्ष’को नयाँ पोस्टर सार्वजनिक, एकता पौडेलको निर्देशनमा तयार

मंसिर १२ मा रिलिज हुने फिल्म ‘हर्ष’को नयाँ पोस्टर सार्वजनिक, एकता पौडेलको निर्देशनमा तयार
आगामी मंसिर १२ गते प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘हर्ष’ ले आफ्नो नयाँ पोस्टर सार्वजनिक गरेको छ। सार्वजनिक पोस्टरमा फिल्मका मुख्य पात्रहरूलाई भावनात्मक शैलीमा प्रस्तुत गरिएको छ, जसले पारिवारिक सम्बन्ध र भावनात्मक संघर्षको कथा बोकेको सङ्केत गर्दछ। फिल्मलाई दिवंगत निर्देशक शिव रेग्मीकी भान्जी एकता पौडेलले निर्देशन गरेकी हुन भने उनि  यस फिल्ममार्फत निर्देशकको रूपमा आफ्नो पहिलो डेब्यु गर्दैछिन...

‘मिस्टर एण्ड मिस रोयल नेपाल २०८२’ को ग्राण्ड फाइनल कात्तिक १५ गते इटहरीमा

‘मिस्टर एण्ड मिस रोयल नेपाल २०८२’ को ग्राण्ड फाइनल कात्तिक १५ गते इटहरीमा
रोयल नेपाल इभेन्ट्स द्वारा आयोजना गरिएको राष्ट्रियस्तरको सौन्दर्य तथा व्यक्तित्व विकास प्रतियोगिता ‘मिस्टर एण्ड मिस रोयल नेपाल २०८२’ को ग्राण्ड फाइनल यही कात्तिक १५ गते, शनिबार, दुर्गा पार्टी प्यालेस, इटहरीमा हुने भएको छ। कार्यक्रम बेलुकी ३ बजेदेखि सुरु हुनेछ। आयोजक संस्था रोयल नेपाल इभेन्ट्स युवा सशक्तिकरण, मानसिक स्वास्थ्य सचेतना, डिजिटल प्लेटफर्मको सही प्रयोग, व्यक्तित्व विकास र करिअर काउन्स...

‘परान’को प्रदर्शन यात्रा प्रारम्भ, भावनाले छोयो दर्शकको मन

‘परान’को प्रदर्शन यात्रा प्रारम्भ, भावनाले छोयो दर्शकको मन
भावनात्मक सम्बन्ध र पारिवारिक मर्ममा आधारित चलचित्र ‘परान’ शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको छ। एकल रिलिजको रूपमा प्रदर्शनमा आएको यो फिल्मले देशव्यापी करिब ७० शो पाएको छ तर, पहिलो दिनको प्रदर्शनमा फिल्मलाई केही चुनौतीहरू सामना गर्नुपरेको छ भने अग्रिम टिकट बिक्री सुस्त रहेको र झरीका कारण बिहानका शो प्रभावित भएका छन्। फिल्मको प्रतिस्पर्धीका रूपमा अहिले पनि ‘जेरी अन टप’ बलियो देखिएको छ, जसले दुई ...

‘परान’को नयाँ प्रचार अभियान : ‘मेरो परान’ प्रतियोगितामा १ लाख रुपैयाँको आकर्षक पुरस्कार

‘परान’को नयाँ प्रचार अभियान : ‘मेरो परान’ प्रतियोगितामा १ लाख रुपैयाँको आकर्षक पुरस्कार
कात्तिक १४ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको बहुप्रतीक्षित फिल्म ‘परान’ ले दर्शकलाई फिल्मसँग भावनात्मक रूपमा जोड्न नयाँ र फरक प्रचार प्रसार अभियान सुरू गरेको छ। निर्माण पक्षले ‘मेरो परान’ नामक अनौठो प्रतियोगिताको घोषणा गर्दै दर्शकको सहभागिता आमन्त्रित गरेको छ र यस अभियानअन्तर्गत सहभागी हुन इच्छुकले आफूले ‘परान’ ठानेको व्यक्तिसँगको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्नुपर्नेछ। सो तस्बिरको क्याप्सन...

भाइटीकाको दिनदेखि दुई नयाँ नेपाली फिल्म प्रदर्शनमा — ‘वरिष्ठ बलराम’ र ‘सोल्टिनी’ले भरे हलहरूमा नयाँ रंग

भाइटीकाको दिनदेखि दुई नयाँ नेपाली फिल्म प्रदर्शनमा — ‘वरिष्ठ बलराम’ र ‘सोल्टिनी’ले भरे हलहरूमा नयाँ रंग
दशैंपछि नेपाली फिल्म उद्योग फेरि उत्साहपूर्ण बन्दै गएको छ। हाल हलहरुमा करिब एक दर्जन भन्दा बढी फिल्म प्रदर्शनरत छन्। यस्तै माहोलमा भाइटीकाको शुभ अवसर पारेर बिहीबारदेखि दुई नयाँ नेपाली फिल्म ‘वरिष्ठ बलराम’ र ‘सोल्टिनी’ देशभरका हलमा प्रदर्शनमा आएका छन्। फरक–फरक विषयवस्तुमा बनेका यी दुई फिल्मले दर्शकलाई नयाँ कथा र अनुभूति दिने अपेक्षा गरिएको छ। देशभर कुल १३६ शो प्राप्त भएकोमा ‘वरिष्ठ बलराम’ले ८२ श...

सामाजिक यथार्थ र प्रेमको कथा बोकेको ‘सोल्टिनी’ फिल्मको कोशी प्रदेशमा भव्य प्रचार र पत्रकार भेटघाट

सामाजिक यथार्थ र प्रेमको कथा बोकेको ‘सोल्टिनी’ फिल्मको कोशी प्रदेशमा भव्य प्रचार र पत्रकार भेटघाट
नेपाली फिल्म ‘सोल्टिनी’ जसले सामाजिक यथार्थ र अन्तरजातीय प्रेमको संवेदनशील कथा प्रस्तुत गर्दछ, कोशी प्रदेशका प्रमुख शहरहरूमा भव्य प्रचार गर्दै प्रदर्शनको संघारमा पुगेको छ। तिहारको देउसी-भैलोको अवसरमा ‘सोल्टिनी’ टिम देशभरि प्रचार यात्रामा निस्केको छ। यसक्रममा, लक्ष्मी पूजाको दिन (कार्तिक ३ गते) सुनसरीको इटहरीस्थित फुडशाला क्याफेमा आयोजित पत्रकार भेटघाटमा फिल्मका मुख्य कलाकार प्रकाश सपुत र परीक्षा ल...