नेपाली सिनेमामा ‘मुनामदनको ब्रेकअप’ : नयाँ शैलीको प्रेमकथा ल्याउँदै दीपेन्द्र लामा
नेपाली चलचित्रको कथावाचनमा नयाँ स्वाद थप्ने उद्देश्यसहित निर्देशक दीपेन्द्र लामाले आफ्नो नयाँ प्रोजेक्ट ‘मुनामदनको ब्रेकअप’ को घोषणा गरेका छन्। ग्रामीण परिवेशको प्रेमकथा लिएर आउन लागेको यो फिल्मलाई उनले नेपाली दर्शकका लागि नयाँ अनुभव हुने दाबी गरेका छन्।
फिल्मको कथा सामीप्यराज तिमल्सेनाले लेखेका हुन् भने कार्यकारी निर्माता श्रीधर पौडेल छन्। यसअघि उनीहरूले ‘गोपी’ जस्तो सफल चलचित्रमा सँगै काम गरे...














