सात वर्षका कुरा एउटै गीतमा !
भन्ने गरिन्छ कि १२ वर्षमा खोला फर्कन्छ, तर आफूलाई पहिचानको शिखरमा पुऱ्याएको र वाहवाही दिलाएको संगीत क्षेत्रमा फर्कन सुदिन पोखरेललाई १२ वर्ष कुरिरहनु परेन । साढे सात वर्षमै उनी नयाँ जोश, जाँगर, उत्साह–उमङ्ग बोकेर फर्किए । धेरैलाई थाहा नै छ– एक समय नेपाली टेलिभिजन प्रस्तोतासमेत रहेका सुदिनको ऱ्याप–संगीतमा जगजगी नै थियो ।
नेपालमा ऱ्याप भित्र्याउने र यस विधाप्रति समाजमा सकारात्मक सन्देश प्रवाह ग...