प्रदर्शन मिति नटुंगिँदै ‘प्रतिवैरम’को टिजर सार्वजनिक, मधेसको यथार्थ कथाले तान्यो ध्यान
नेपाली फिल्ममा सामान्यतया प्रदर्शन मिति तय भएपछि मात्र प्रचार सामग्री सार्वजनिक गर्ने चलन छ तर, नयाँ फिल्म ‘प्रतिवैरम’ ले यो परम्परा तोड्दै रिलिज मिति घोषणा नहुँदै आफ्नो टिजर सार्वजनिक गरेको छ । १ मिनेट २९ सेकेन्ड लामो टिजरले फिल्मको कथावस्तु, परिवेश र विषयवस्तुबारे स्पष्ट संकेत दिएको छ ।
टिजरमा दाइजो प्रथा, अवैध धन्दा र सामाजिक राजनीतिक विकृतिहरूलाई कथाको केन्द्रमा राखिएको देखिन्छ ।त्यस्तै मधेस ...













