नन्दिताको नेतृत्वमा प्राविधिकलाई राहत वितरण
लामो समयदेखि अमेरिकामा बस्दै आएकी अभिनेत्री नन्दिता केसीको नेतृत्वमा तीस जना फिल्म प्राविधिकलाई राहत वितरण गरिएको छ । कोरोनाका कारण रोजीरोटी गुमेपछि दैनिक गुजरा चलाउन समस्या भएका प्राविधिकलाई पन्ध्र सय नगदसहित एक बोेरा चामल, तीन लिटर तेल, २ किलो चना, २ किलो चिउरा, २ किलो सोयाबिन र आधा दर्जन सावुन हस्तान्तरण गरिएको हो ।
नन्दिताले अमेरिकामा बस्ने फिल्मकर्मी तथा विभिन्न व्यक्तिहरुबाट संकलित रकमब...














