आयुष्मा कार्की, निरोज खड्का, अन्जु भण्डारी र रबिन्द्र खतिवडाको अभिनयमा “चोट” सार्बजनिक
राजु बोहरा–काठमाडौँ । नेपाली लोक संगीतका पराखिहरु माझ भेगीय हिसाबले फरक-फरक स्वादका गीतहरु बजारमा आइरहेका छन् । कसैलाई काँठ क्षेत्रका गीत मन पर्छ त कसैलाई पश्चिमी, पुर्बेली र सुदुर पश्चिमी । जस्लाई जस्तो गीत मन पर्छ उस्तै गीतहरु बजारमा आइरहेका छन् । सोहि क्रममा काँठ क्षेत्रका गीत मन पराउनेहरुका लागि अशिम कुमार कटुवाल नामक युट्युब च्यानल मार्फत तोरण बस्नेतको "चोट" भर्खरै सार्बजनिक भएको छ । गीत तोर...













