पलले भिडियोको सुटिङ नगर्ने, अरु कुन–कुन टिमले रोके काम ?
लुजडाउन भएसँगै म्यूजिक भिडियोमा काम गर्ने पहिलो मोडल हुन् नायक पल शाह । उनले गायक तथा भिडियो निर्देशक सरोज ओलीको टिमसँग मिलेर ‘ए है माया’ बोलको गीतको म्यूजिक भिडियोमा काम गरे । यसपछि पल निरन्तर भिडियोको काममा व्यस्त छन् । सरोजले पनि ३ वटा गीत सार्वजनिक गरिसकेका छन् ।
सरकारले लकडाउन सकिएको घोषणा गरेसँगै भिडियो छायांकनको काम तिव्र भैरहेको छ । तर, केही दिनयता देशभर कोरोना संक्रमितको संख्या ह्वात्त...













