पुराना गीतको शब्द बङ्ग्याउँदै ‘रिमिक्स’ , यसरी भित्रियो नेपाली संगीतमा छाडापन
काठमाडौँ – ‘फूलको थुँगा बहेर गयो गङ्गाको पानीमा ,कहिले भेट होला है दाजै यो जिन्दगानीमा’(माधवप्रसाद घिमिरे)‘मनको बाँध’ चलचित्रमा नातीकाजीद्वारा सङ्गीतबद्ध र तारादेवीद्वारा गाइएको यो गीत आज पनि त्यत्तिकै चर्चित छ । गीत रेकर्ड भएको वर्षौं बितिसक्दा पनि लोकप्रियता भने अझै कम छैन । सय वसन्त पार गर्न लागिसक्नुभएका राष्ट्रकवि घिमिरेले आफ्नो अन्य गीत पुनः रेकर्ड गरिए पनि यस गीतलाई भने रिमिक्स गर्न ‘मरे पन...