साताको साहित्य
मलाई सियो र सर होइन
तिमी र घर चाहिन्छ
मलाई म्याम र मिस्टर होइन
ब्रदर र सिष्टर चाहिन्छ
मलाई सम्मानको हजुर होइन
माया र सफलताको गजुर चाहिन्छ
मलाई मम,डयाड र सोम होइन
माता पिता र ॐ चाहिन्छ
मैले पितृ बाट सिकेको छु
त्यस्तै मृदुल भाषा चाहिन्छ
तिमीले साडि र कोट फेरे
केही छैन मलाई
तर भाषा र सस्कृति फेर्न
कहाँ पाइन्छ ?
मलाई पर आश्रय र सव्यताको ढोंग होइन
स्वबलम्बी र उद्धार सस्कृत...














