माधब खड्काको प्रस्तुति “तिम्रो माया कस्तोमा कस्तो” मा लोमस, एलिना सन्जिब, कुल बहादुर र प्रियाको अभिनय
काठमाण्डौ बैशाख ०६ । स्थायी घर दोलखा र हाल जापानमा रहेका लोकप्रिय गायक तथा सर्जक माधब खड्काले पुनः निकै समयको अन्तराल पछी अर्को गीत बजारमा लिएर आएका छन् । उनको यस अगिका प्रस्तुतिहरु रातैमा जुनतारा, हाँसखेल गरौँ, आँशु छ गहभरी, दहीको ठेकी, बरपीपल डिलको छेउ, लगाएत गीतहरु आज पनि उत्तिकै कर्णप्रिय लाग्दछन् ।
आफु बिस्वको जुनसुकै कुना कन्दरामा रहेता पनि आफ्नो कला संस्कृति र मौलिकता लाई भुल्न नसक्ने मा...














