विद्या बालनको ‘शकुन्तला देवी’ ट्रेलर रिलिज
भर्सटायल अभिनेत्रीको रुपमा चिनिएकी विद्या बालनको नयाँ फिल्म ‘शकुन्तला देवी’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा विद्या म्याथम्याटिशियन शकुन्तला देवीको भूमिकामा छिन् । फिल्ममा उनी पछिल्ला चरित्रभन्दा भिन्न देखिएकी छन् । यसमा सान्या मल्होत्रा, अमिता साधको पनि मुख्य भूमिका छ । फिल्ममा सान्या मल्होत्रा, विद्या बालनकी छोरीको भूमिकामा छिन् ।
यो फिल्ममा ह्यूमन कम्प्यूटरको नामबाट चर्चित तथा गिनिज बुक ...