देबेन्द्र बब्लु, सोनाम काउछा मगर, बिशाल घिमिरे र हेमन्त रसाइलीको अभिनयमा “आकाशै ज्यानको”
काठमाण्डौ मंगसिर १० - सारङ्गीका तारहरु रेटेर, मिठो धुन निकालेर सबैलाई मन्त्रमुग्ध पार्ने सारङ्गी बाधक हेमन्त कान्छा रसाइलीले पछिल्लो समयमा आफ्नै सुमधुर स्वरमा "आकाशै ज्यानको" बोलको अत्यन्त मन छुने गीत बजारमा लिएर आएका छन् । बालापन, भाग्यमानी , झुटो माया लगायत थुप्रै गीतमा आफ्नो सारङ्गी र स्वर भरिसकेका प्रतिभावान कलाकार रसाइलीले पछिल्लो समयमा बिल्कुलै फरक गीत सार्बजनिक गरिरहँदा अब फेरी नेपाली संगीत...












