बिमलराज क्षत्री र पार्वती बिश्वकर्माको स्वरमा “कुरिती कु-संस्कार” सार्वजनिक
काठमाडौं । नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा “समाज परिवर्तन नेपाल” को प्रस्तुतीमा नयाँ गीत “कुरिती कु-संस्कार” सार्वजनिक भएको छ। यस गीतमा अन्तरजातिय जोडी पार्वती बिश्वकर्मा र प्रकाश ज्ञवालीको वास्तविक कथालाई समेटिएको छ।
गुल्मीकी पार्वती बिश्वकर्मा र पाल्पाका प्रकाश ज्ञवाली बिच केही बर्ष अघी प्रेम बिवाह भएक...














